लामिछाने मुद्दा : अभियोगपत्र संशोधनविरुद्ध रिटको सुनुवाइ आज
वि.सं.२०८२ चैत ९ सोमवार १२:०२
shares

काठमाडौं। रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ आज हुने भएको छ।
उक्त रिटमाथि विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो।
महान्यायाधिवक्ता कार्यालय का तर्फबाट महान्यायाधिवक्ता सविता भण्डारी ले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी दाबी हटाउने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय लिएकी थिइन्।
सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल तथा अदालती अभियन्ता युवराज पौडेल सफल ले रिट दायर गरेका हुन्।
यसअघि शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेल को संयुक्त इजलासले महान्यायाधिवक्ताको निर्णयसम्बन्धी कागजात झिकाउन आदेश दिएको थियो।
उक्त मुद्दाको सुनुवाइले लामिछानेविरुद्धको अभियोग र कानुनी प्रक्रियामा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ।















