बिल गेट्सले दिए माइक्रोसफ्टको डाइरेक्टरबाट राजीनामा

6.72K
shares

काठमाडौँ ।

विश्वकै धनी व्यक्तिको सूचीमा परिसकेका अमेरिकी प्रबिधी कम्पनीको माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट बिल गेट्सले राजीनामा दिएका छन्।

सामाजिक सेवामा सक्रिय रहने भन्दै माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट उनले राजीनामा दिएका हुन्। उनको राजीनामा पछि अब बोर्डमा १२ सदस्य रहने छन्। अब उनी प्राविधिक सल्लाहकारको रुपमा कम्पनीमा रहने बताइएको छ।

विश्वका धनी व्यक्ति गेट्सले अब स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहेको माइक्रोसफ्टले जनाएको छ।

सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका उनले सन् २००० सम्म माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० भएर काम गरेका थिए।

एजेन्सी


divya collage
unigloble collage