नेप्सेले लगायो सर्किट ब्रेक, परिसूचक २५.३० अङ्कले घट्यो

7.23K
shares

काठमाडौँ ।

झण्डै डेढ महिनापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दुई प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ । नियामक निकाय धितोपत्र बोर्ड कारोबार समयमा नेप्सेमा दुई प्रतिशतभन्दा घटबढ हुनेबित्तिकै कारोबार रोक्न नेपाल स्टक एक्चेन्जलाई निर्देशन दिएको थियो ।

सोही आधारमा नेप्सेले सर्किट ब्रेक लगाइ आजको कारोबार बन्द गरेको हो । बजार खुलेदेखिनै निरन्तर ओरालो लाग्दै आएको नेप्से करिब एक घन्टा २४ मिनेटको अवधिमा बन्द भएको हो । यद्यपि बोर्डले कारोबार अवधि दुई घन्टासम्म सीमित गरेको थियो । कारोबार मापक नेप्से परिसूचक २.०२ प्रतिशत अर्थात् २५.० अङ्कले घटेर एक हजार २२६.१५ रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५.३९ अङ्कले घटेर २६५.६७ पुगेको छ ।

कारोबार भएका कुल ११ उपसमूहको शेयर ओरालो लागेका छ । बैंकिङ २६.११, होटल ३.३८, विकास बैंक १५।३६, जलविद्युत् १५.३५, वित्त ३।२७, निर्जीवन बीमा ७२.३३, उत्पादन ३४.३६, अन्य १९.४२, माइक्रोफाइनान्स १८.०५, जीवन बीमा १५७.७८ र सामूहिक लागनी कोषको शेयर ०.०१ अङ्कले घट्यो ।

स्टकका अनुसार आज कुल ८७ कम्पनीको एक लाख छ हजार ३१२ कित्ता शेयर रु १० करोड ४३ लाख ७२ हजार ६४६ मा खरिदबिक्री भयो । कारोबार रकमका आधारमा नागरिक लगानी कोषको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु आठ करोड ८८ लाख ५७ हजार ५९० मा खरिदबिक्री भयो ।

यसैगरी छिमेकी लघुवित्त विकास बैंकको शेयर रु ४६ लाख ९८ हजार ५४०, ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु ३८ लाख ५९ हजार ५४८, नविल बैंक लिमिटेडको रु १५ लाख ७४ हजार ६००, ज्योति विकास बैंकको संस्थापक शेयर रु नौ लाख चार हजार र नेपाल लाइफ इन्स्योरेन्सको रु तीन लाख ५० हजार ३२० मा खरिदबिक्री भयो ।

सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले २२.३८ प्रतिशतले गुमाए । हिमालय बैंक ३, नविल बैंक र नागरिक लगानी कोष २.९९, कृषि विकास बैंक र कालिका माइक्रोक्रेडिट डेभलपमेन्टको २.९८ तथा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले समान २।९७ प्रतिशतले गुमाए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083