अर्को निणर्य नभएसम्मका लागि सेयर बजार पुनः बन्द
वि.सं.२०७७ जेठ १ बिहीवार ११:३८
6.11K
shares
shares

काठमाडों ।
सरकारले एक तिहाइ कर्मचारी राखेर बैकिङ, बिमा र धितोपत्र बजार खोल्ने निर्णय गरेपछि आइतबारबाट सूचारु भएको सेयर बजार पुनः बन्द भएको छ । बिहीबार (जेठ १) देखि अर्को निर्णय नभएसम्मको लागि बन्द गर्ने निर्णय गरेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले बताए ।
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले लगानीकर्तालाई पासको व्यवस्था गर्न नसकेको र स्वास्थ्यको ख्याल गर्दै बजार बन्द गर्न लागेको उनले बताए । दुइदिनको कारोबारमा नेप्से सुचक करिब ५० अंकले घटेको छ ।
यता, लगानीकर्ताहरु लकडाउनको बीचमा सेयर बजार घटाउन खुलाएको भन्दै दुई दिनको कारोबार रद्द गर्न माग गरेका छन् । तर बोर्डले भने भइसकेको कारोबार रद्द नगर्ने जानकारी दिएको छ ।





















