एक हप्तामा १७ अर्ब रुपैँया निक्षेप घट्यो

Nepal Life Insurance Long Ad

काठमाडौं । वाणिज्य बैंकहरुमा कार्तिक ४ गतेदेखि ११ गतेसम्म (एक हप्तामा) १७ अर्ब रुपैँया निक्षेप घटेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार कार्तिक ४ गते ४५ खर्ब ४१ अर्ब रुपैँया रहेकोमा कार्तिक ११ गते ४५ खर्ब २४ अर्ब रुपैँया कायम रहेको छ । असोज ३१ गतेसम्म वाणिज्य बैंकमा निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैँया रहेको थियो ।

कर्जा प्रवाह भने स्थिर रहेको छ । बैंकहरुले ४२ खर्ब २५ अर्ब रुपैँया कर्जा प्रवाह गरेका छन् । असोज ३१ गतेसम्म ४२ खर्ब २० अर्ब रुपैँया रहेको कर्जा प्रवाह कार्तिक ४ मा ५ अर्ब रुपैँयाले बढेर ४२ खर्ब ४५ अर्ब रुर्र्पैँया पुगेको थियो । कार्तिक लागेपछि बैंकहरुको कर्जा प्रवाह बढ्न सकेको छैन ।

कर्जा निक्षेप अनुपात भने ८७.२४ रहेको छ ।

१७ कात्तिक २०७९, बिहीवार ०६:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु