भीरबाट खसेर धादिङमा म्यादी प्रहरीको मृत्यु

6.4K
shares

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु भएको छ ।

गस्तीको क्रममा भीरबाट लडेर गम्भिर घाइते भएकी भवानी खकुरालको प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाटो छेउमा माटो भाँसिएर चिप्लिएपछि उनी अन्दाजी ५५ मिटर तल खसेकी थिइन्। उनको टाउकोमा समेत चोट लागेको थियो।

खकुराल म्यादी प्रहरीमा छनौट भएपछि उनलाई त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारस्थित इलाका प्रहरी कार्यालयमा खटाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083