त्रि.विलाई संयुक्त संगठनको ज्ञापन पत्रः फागुन १८ मा नै स्ववियु निर्वाचन हुने
वि.सं.२०७५ मंसिर २४ सोमवार १३:४९
shares

काठमाडौ । नेकपा निकट अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले विभिन्न बुदा सहितको १६ बुँदे माग संयुक्त रुपमा ज्ञापन पत्र बुझाउदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति रजिस्ट्रार तथा निर्देशकको ध्यानाकर्षण गराएका छन् । ज्ञापन पत्र बुझाउदै संगठनका केन्द्रिय अध्यक्ष रन्जित तामाङ्ले गत वर्ष ४० प्रतिशत मात्र स्ववियु निर्वाचन भएको तर ६० प्रतिशत बाँकी रहेकाले यो वर्ष स्ववियु निर्वाचन जुन सुकै हर हालतमा सम्पन्न गर्नु पर्नेमा समेत जोड दिएका छन् ।
आइओएममा प्रमुख नियुक्त गर्न ढिला हुदा पठनपाठनमा प्रभावित भएको र सिट संख्या र छात्रवृत्ति व्यवस्थित नभएको भन्दै यो तत्काल सुधारकाे आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयले सम्बोधन दिने विषयमा सबै भन्दा ठूलो समस्या भएको भन्दै यो आङ्गिक क्याम्पस खोल्न पर्ने र प्राइभेट विशेष क्याम्पस बाहेक कुनै पनि क्याम्पसलाई सम्बोधन नदिन पनि आग्रह गरेका छन् ।

एक हप्ता भित्र गर्न सक्ने काम प्रतिबद्ध नजाए संघर्षपुर्ण कार्यक्रमको घोषणा गर्ने चेतावनी समेत दिएका छन् । त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रारले ल्याब छात्रवृत्ति र शुल्क विषयमा सुधार गर्ने कुरामा तत्पर रहेको तर आउने श्रोत कमजोर भएकोले तत्काल माग पूरा गर्न नसकेको जनाएका छन् । त्रिभुवन विश्वविद्यालय निर्देशनले सबै माग जाहेज रहेको भन्दै माग लाई साथ दिने समेत प्रतिबद्धता जनाएका छन् । विद्यार्थीहरु अनावश्यक रुपमा विदेशीनु राष्ट्रको लागि खतरा भएको जनाएका छन् । फागुन १८ गते नै स्ववियु निर्वाचन मिति तय भएको र एक महिना पहिले निर्वाचन तालीका सार्वजनिक गर्ने भएकोले तयारी अवस्था रहन पनि संठनहरुलाई आग्रह गरेका छन् ।































