१४ वर्षीय बालिका बलात्कारको अभियोगमा भक्तपुरबाट एकजना पक्राउ
वि.सं.२०७५ मंसिर २४ सोमवार १३:५१
7.67K
shares
shares

भक्तपुर । बलात्कारको अभियोगमा भक्तपुरको सूर्यविनायक नगरपालिका ८ जगातीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुली कपिलाकोट गाउँपालिका ६ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुली मरिण गाउँपालिका ४ का २० वर्षीय पाल्जेन दोर्जे थिङलाई प्रहरीले पक्राउ गरेको हो ।
थिङले आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय प्रहरी बृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।































