निर्मला प्रकरणबारे सांसदलाई आईजीपीको जवाफ – ‘कुखुरा चोर सधैं कुखरा चोर मात्र रहँदैन’

6.54K
shares

काठमाडौं । प्रहरी महानिरीक्षक(आईजीपी) सवेन्द्र खनालले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले कुनै लापरवाही नगरेको बताएका छन् । प्रहरीले आफ्नो सामर्थ्यले भ्यायेसम्मको अनुसन्धान गरिरहेको खनालको दाबी थियो ।

संसदको दिगो विकास तथा सुसासन समितिमा सोमबार सांसदहरुको प्रश्नमा जवाफ दिँदै आइजीपी खनालले हत्यारा पत्ता लगाउन आफूहरु रातदिन खटिएको र निन्द्रासमेत नलाग्ने अवस्था रहेको बताए । ‘हत्यारा पत्ता लगाउन रातदिन खटिएका छौं, जसका कारण निन्द्रापनि नलाग्ने अवस्था छ’ आइजीपी खनालले भने,‘हाम्रो साथ्र्यले जति सकिन्छ त्यति गरिरहेका र्छौं ।

निर्मला प्रकरणका विषयमा बाहिर अनुसन्धानलाई प्रभावित पर्ने गतिविधि भइरहेको भन्दै भन्दै उनले असन्तुष्टि पोखे । ‘बाहिर अनुसन्धानलाई प्रभावित पार्ने काम भइरहेका छन् त्यो नभइदिए हुन्थ्यो । निर्मला प्रकरणको अनुसन्धानमा कसको दबाब छ भन्ने सांसदहरुको प्रश्नको आइजीपी खनालले प्रतिवाद गरे । ‘अनुसन्धानमा कसैको प्रेसर छैन, प्रेसरले प्रभावित पनि हुँदैन प्रहरी’ सांसदहरुको प्रश्नको जवाफमा आइजीपी खनालले भने ।

अनुसन्धानमा के कति प्रगति भएको छ कहिले पत्ता लाग्छ ? भन्ने सांसदहरुको प्रश्नमा आईजीपी खनालले भने,‘अनुसन्धानमा डिस्टिङ्सन वा फस्र्ट डिभिजन आयो भन्न सकिँदैन पक्राउ परेपछि अभियुक्त एकैपटक सार्वजनिक हुन्छ । आईजीपी खनालले अनुसन्धानको दायरा साँघुरिँदै गएको बताए । कुखुरा चोरलाई ल्याएर बलात्कारी भनेको ? भन्दै सांसदहरुले आईजीपी खनाललाई प्रश्न गरेका थिए । खनालले भने, ‘कुखुरा चोर सधैं कुखरा चोर मात्र रहँदैन गलत मान्छेलाई ल्याएर प्रहरीले केही गर्ने छैन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083