अनेरास्ववियूद्वारा ११ र १२ को पुरानो कोर्सका लागि मौका परिक्षाको माग
वि.सं.२०७६ माघ १ बुधवार १०:५४
shares

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले कक्षा ११ र १२ को पुरानो कोर्सको लागि एकपटक मौका परिक्षाको फारम खुलाउन माग गरेको छ। आज अनेरास्ववियूको केन्द्रीय टोलीले राष्ट्रिय परीक्षा वोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याललाई ज्ञापनपत्र वुझाउंदै माग गरेको हो ।
मुलुक संघीय ढाँचामा गएपश्चात् आएको संरचनागत एवं कार्यक्षेत्राधिकारको बदलावको कारण पुरानो प्रणालीमा रहेर अनुत्तिर्ण रहेका विद्यार्थीहरु मारमा परेकाले एकपटकका लागि मौका परिक्षाको माग गरिएको अनेरास्ववियूका नेता पवन कार्कीले वताए ।
आज वुझाइएको ज्ञापनपत्रमा भनिएको छ मौका परिक्षाको ब्यबस्थाले विद्यार्थीहरुमा नयाँ अवसर र सम्भावनाको ढोका समेत खोलिने भएकोले एकपटकका लागि तत्काल मौका परीक्षा फारम खुलाउन राष्ट्रिय परीक्षा वोर्ड समक्ष जोडदार माग गर्दछौं । राष्ट्रिय परीक्षा वोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले अन्तिम पटकका लागि मौका परिक्षाको फारम खोल्न वोर्ड सकारात्मक रहेको नेता कार्कीले जनाए ।
































