स्ववियुकाे निरन्तर पहल अन्तत : शुरु भयाे बानेश्वर बहुमुखी क्याम्पसमा डिजिटल परिचय पत्र वितरण
वि.सं.२०८२ असार ३१ मंगलवार १०:५८
shares

काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको डिजिटल प्रविधिप्रति पहुँच अभिवृद्धि गर्ने उद्देश्यले डिजिटल परिचय पत्र (ID Card) वितरण सुरु गरिएको छ। स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पस समितिकाे पहलमा साथै स्ववियुकाे कार्यसमितिले पदभार ग्रहण गर्दै गर्दा निर्णय गरिएको डिजिटल परिचय पत्र (ID Card) को कार्यान्वयन वितरण आज देखि शुरु भएको हाे।
वितरण कार्यक्रममा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले भने, “यो कार्यक्रमले बिद्यार्थीलाई सूचना प्रविधिमा झन् नजिक ल्याउने छ। अबको शिक्षा प्रणाली डिजिटलमै निर्भर छ, र हामी त्यसतर्फ अघि बढिरहेका छौं।”

स्ववियु अध्यक्ष भुमिराज अधिकारीका अनुसार, डिजिटल परिचय पत्रले विद्यार्थीलाई क्याम्पस प्रवेश, पुस्तकालय सेवा, परीक्षा फाराम भर्नेदेखि लिएर अन्य प्रशासनिक प्रक्रियामा सहजता ल्याउने अपेक्षा गरिएको छ। उनले भने, “डिजिटल प्रणालीले कागजी प्रक्रियालाई कम गरी पारदर्शिता र आधुनिकता दुवै ल्याउँछ।”
साथै स्ववियु अध्यक्ष अधिकारीले सम्पुर्ण विद्यार्थीहरूमा क्रमिक रुपमा क्याम्पस प्रशासनबाट डिजिटल परिचयपत्र लिन अनुराेध समेत गरेका छन्।































