पोर्नस्टारको बायोपिक फिल्म ‘शकिला’को फर्स्टलुक रिलिज, बिना कपडा देखिइन् ‘ऋचा चढ्ढा’

4.16K
shares

एजेन्सी । भारतीय एडल्ट फिल्मस्टार शकिलाको जीवनमा आधारित फिल्म ‘शकिला’को पोस्टर रिलिज भएको छ । यो फिल्ममा शकिलाको भूमिका चर्चित बलिउड अभिनेत्री ऋचा चढ्ढाले निभाउँदैछिन् । फिल्मको पहिलो पोस्टर ऋचाले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् । पोस्टरमा ऋचा बिना कपडा देखिएकी छिन् । उनले आफ्ना गोप्य अंगलाई गहनाले ढाकेकी छिन् ।

यसअघि बलिउडमा २ पोर्नस्टारको विषयमा फिल्म बनिसकेको छ । सनी लियोनीको बायोपिक खासै हिट हुन सकेन तर सिल्क स्मिताको बायोपिक ‘द डर्टी पिक्चर’ भने सुपरहिट भएको थियो । दिवंगत पत्रकार गौरी लंकेशका भाइ इन्द्रजीत लंकेशले यो फिल्मलाई बनाउँदैछन् । अब हेर्न बाँकी छ कि शकिलाको कथाले कत्तिको सफलता पाउनेछ ।


Mitsubishi Long Ad