६ लाख ४० हजार नगदसहित भारतीय एक व्यापारी पक्राउ
वि.सं.२०७५ मंसिर ४ मंगलवार १६:२९
4.85K
shares
shares

खन्डवा । जीआरपी खन्डवाले रेलवे स्टेशनबाट ६ लाख ४० हजार नगदसहित एक व्यापारी पक्राउ गरेको छ । जीआरपीका अनुसार पवन पिता गुलराज हिमानी निवासी सिन्धी कलोनी खन्डवादेखि दिल्लीमा यी नगद लिएर जाँदै गरेका थिए । झोलामा १० र २० रुपैयाँको धेरै नोट रहेको थियो । शंकाको आधारमा जीआरपीले उनलाई पक्राउ गरेको र झोलाको जाँच गर्दा प्रहरी नै छक्क परेका थिए ।
किनकी झोलाभित्र ६ लाख ४० हजार नगद राखिएको थियो । यसैकारण, जब जीआरपीले व्यापारीसँग सोधपुछ गर्दा कुनै दस्तावेज देखाउन मानिरहेका थिएनन् । त्यसपछि ती नगद लिई व्यापारीसँग केही जानकारी पत्ता लगाउन कोशिश गरिरहेका छन् कि यो नगद बोकेर आखिर कहाँ र किन लागेको हो भन्ने चासोको विषय बन्न पुगेको छ ।














