‘हस्तमैथुन सीन’ले रातारात चर्चामा ‘श्वेता त्रिपाठी’

10.36K
shares

काठमाडौँ । बलिउडमा नायिकाहरुलाई चर्चामा छाउने असरदार तरिका सावित भएको छ, मास्टरबेसन सिन । चलचित्र वीरे दि वेडिङमा यस्तो सिन दिएर नायिका श्वरा भास्कर व्यापक चर्चित भइन् । अहिले अर्की नवनायिका रातारात चर्चित बनेकी छन् ।

यी हुन् श्वेता त्रिपाठी । उनले वेब सिरिज ‘मिर्जापुर’ मा हस्तमैथुनको सीन दिएकी छन् । उनी लाइब्रेरीको कुनामा बसेर एउटा कामुक किताब पढिरहेकी हुन्छिन् । पढ्दापढ्दै उत्तेजित भएर हस्तमैथुन गर्न थाल्छिन्, जुन उनकी बहिनीले देख्छिन् ।

यो सीनमाथि तीव्र विवाद भएपछि श्वेताले मुख खोलेकी छन् । उनले यो सीन दिएकोमा कुनै पछुतो नरहेको बताइन् ।

‘मैले जब यसको कथा पढेँ, निकै प्रभावित भएँ,’ उनले भनिन्, ‘हस्तमैथुन सिन दिनेबारे एक मिनेट पनि सोचिनँ, यसका लागि उत्साहित थिएँ । मलाई यो सिन गर्न कफी पिएजस्तै सजिलो भयो ।’ उनले महिलाहरुमा पनि पुरुषको जस्तै कामुकता हुने भन्दै हस्तमैथुन गर्नु आफैंमा गलत काम नभएको बताएकी छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083