पाकिस्तानमा चिनियाँ दूतावासमा आक्रमण, २ को मृत्यु

वि.सं.२०७५ मंसिर ७ शुक्रवार १३:३८
4.1K
shares
shares

पाकिस्तान । कराँचीस्थित चिनियाँ वाणिज्य दूतावासमा आक्रमण भएको छ । आतंकवादी आक्रमण हुँदा दुई सुरक्षाकर्मी मारिएका छन् भने अर्का एक घाइते भएका छन् । चिनियाँ कूटनीतिज्ञ भने सुरक्षित रहेको पाकिस्तानी प्रहरीले जनाएको छ ।
पाकिस्तानी एक स्थानीय टेलिभिजनका अनुसार एक हमलाकारी पनि मारिएका छन् । शुक्रबार ९ः३० बजे वाणिज्य दूताबास नजिकै विस्फोट भएको थियो । लगतै गोलाबारी सुरु भएको र नजिकै रहेका सुरक्षाकर्मीले जवाफ कारवाही गरेका थिए ।