नायिका युना उप्रेतीले अमेरिकामा जन्माइन् ‘छोरी’

9.71K
shares

काठमाडौँ । नेपाली फिल्मी क्षेत्रकी नायिका युना उप्रेती आमा बनेकी छिन् । हाल अमेरिकामा रहेकी युनाले सामाजिक संजाल फेसबुकमार्फत आफूले छोरी जन्माएको घोषणा गरेकी छिन् । उनले छोरीको फोटोसमेत पोष्ट गरेकी छिन् ।

आइतबार बिहानै उनले फेसबुक पोष्टमा लेखेकी छिन्, ‘हाम्रो परिवारको नयाँ सदस्यको आगमनमा निकै भाग्मानी महसुस गरिरहेका छौं । हाम्री छोरी सायरा नोभेम्बर २१ तारिख सन् २०१८ ९मंसिर ५, २०७५० मा जन्मिएकी हुन् । सन् २०१८ को थ्यांक्सगिभिङको विकेन्डमा पाएको आशिर्वादका लागि हामी निकै आभारी छौं ।’

विगत पाँच वर्षदेखि अमेरिकामा बस्दै आएकी युनाले अमेरिकामा सेटल भइसकेका विकाश अधिकारीसँग विवाह गरेकी हुन् । उनले फेसबुकमार्फत नै आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । उनको पोष्टमा थुप्रैले बधाईसमेत दिएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083