सेक्सी ‘प्लस साइज’ फिगरका कारण चर्चित यी मोडल, हेर्नुहोस् तस्वीरमा
वि.सं.२०७५ माघ ४ शुक्रवार १६:५०
shares

काठमाडौं। मोडलिङको कुरा गर्दा अग्ली र पातली मोडलको तस्वीर अगाडि आउँछ । मानिसहरुको दिमागमा एउटा सोचाइ स्थापित भइसकेको छ कि मोडल हुनको लागि अग्लो कद, पातलो शरीर र गोरो रंग हुनुपर्छ । तर, पछिल्लो समय ‘प्लस साइज’ मोडलले यो सोचलाई गलत सावित गरिदिएका छन् । अहिले प्लस साइज मोडलकी सबैभन्दा उत्कृष्ट उदाहरण क्लोइ मार्शल बनेकी छिन् ।
क्लोइ एलिजाबेथ मार्शलको जन्म २७ मार्च १९९१ मा इङल्याण्डको सरेमा क्रेनलेग शहरमा भएको हो । मार्च २००८ मा उनले मिस सरेको उपाधि जितिन् । त्यसपछि उनी मिस इङल्याण्डको फाइनलमा पुग्ने पहिलो प्लस साइज मोडल बनिन् । उनका अनुसार मिस इङल्याण्डको माध्यमबाट उनी समाजमा विद्यमान धारणा बदल्न चाहन्थिन् ।
मार्शलको बडी इन्डेक्स २६.०३ छ जो सामान्य बडी मास इन्डेक्सभन्दा बढी हो । जसका कारण उनको मोटोपनालाई प्रबद्र्धन गरेको भन्दै आलोचना समेत गरियो । यद्यपि उनी प्लस साइज भएर पनि मोडलको रुपमा स्थापित छिन् । हेर्नुहोस् उनका तस्बिरहरु :












































