सिलेटमा सन्दिपको चमत्कार, पहिलो ओभरमै सेट ब्याट्सम्यान बोल्ड
वि.सं.२०७५ माघ ४ शुक्रवार १६:४४
4.72K
shares
shares

काठमाडौं। ढाका डाइनामाइट्सविरुद्धको आजको खेलमा आफ्नो पहिलो ओभरमै सन्दिपले सेट भइसकेका ब्याट्सम्यान रोनी तालुकदारलाई बोल्ड गरेका छन् । इनिङको पाँचौं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दिप लामिछानेले तेस्रो बलमै ढाकाका ब्याट्सम्यान रोनी तालुकदारलाई बोल्ड गरे ।
रोनी १ चौका र १ छक्का प्रहार गर्दै क्रिजमा सेट भइसकेका थिए । आज कप्तान वार्नरले कुनै पनि हालतमा विकेट चाहिएको अवस्थामा सन्दिपलाई बलिङमा ल्याएका थिए । कुनै पनि हालतमा विकेट चाहिएपछि वार्नरले सन्दिपलाई पावरप्लेमै ल्याएका हुन् । सामान्यतया स्पिनरलाई पावरप्लेमा बलिङ गराइँदैन । आफ्नो पहिलो ओभरमा सन्दिपले १ विकेट लिँदै मात्रै ३ रन दिए ।






























