मर्यादाक्रम संशोधन गर्न निर्वाचन आयोगको आग्रह

7.61K
shares

काठमाडौं । नेपाल सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा संलग्न महानुभावहरुको नयाँ मर्यादाक्रमप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ ।

आयोगको शुक्रबार बसेको पूर्ण बैठकले सरकारले हालै निर्धारण गरेको मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीहरुलाई उक्त निकायका प्रमुखको लगत्तै पछाडि कायम गर्न आग्रह गरेको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नयाँ मर्यादाक्रमप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाई समितिबाट अनुमोदन भई राष्ट्रपतिबाट नियुक्त हुने संबैधानिक निकायका पदाधिकारीहरुको मर्यादाक्रम कार्यकारी निर्णय एवं सिफारिसका आधारमा नियुक्त हुने सरकारका कर्मचारी भन्दा धेरै तल राखिनुले पदहरुको अपमान हुनेमात्र नभई समग्रमा संबैधानिक निकायको संस्थागत गरिमा तथा मान सम्मानमा समेत आँच आउने आयोगको ठहर छ ।

त्यस्तै आयोगले मर्यादाक्रम निर्धारण गर्दा संबैधानिक पदाधिकारीहरुको नियुक्ति प्रकृया, संघीय संरचनामा संबैधानिक निकायको भूमिका तथा कार्यक्षेत्र अन्तर्राष्ट्रिय प्रचलन र परम्परा एवं प्रचलित कानुनलाई आधार मान्नुपर्नेमा सरकारले विधि र प्रक्रिया मिचेको आरोप लगाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083