चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राती करिब १० बजेतिर उनको निधन भएको हो ।
एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि ओम अस्पताल लैजाने क्रममा बाटोमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
कलाकारिता क्षेत्रमा लामो समय बिताएका भट्टराई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएको झन्डै एक वर्ष भएको थियो । उनले आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल जस्ता सफल चलचित्र बनाएका थिए ।
३० मंसिर २०७६, सोमवार ०५:५३ बजे प्रकाशित