नवौँ राष्ट्रिय खेलकुदमा बाघचाललाई समावेश गर्न माग

Nepal Life Insurance Long Ad

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको मौलिक खेल बाघचाललाई पनि समावेश गर्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ ।

नेपालका मौलिक खेलहरुको पुनःजागरणका लागि सरकार तथा अन्य सरोकार भएका निकायलाई पहल गर्न अनुरोध गर्दै पार्टीले त्यसका लागि सहयोग गर्न तयार रहेको जनाएको छ ।

पार्टीका खेलकुद विभाग संयोजक प्रवीण बस्नेतले विज्ञप्ति जारी गर्दै नेपालका मौलिक खेललाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरेर मौलिक खेलको पुनःजागरण गर्नुपर्ने बताए ।

पार्टीले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग मा ५१ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गर्न सफल भएकामा नेपाली खेलाडीलाई बधाई दिएको छ ।

साग खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकारलगायत सबै सरोकार भएका खेलकुद पदाधिकारी, खेलाडी, सुरक्षा निकायलाई पार्टीले धन्यवाद ज्ञापन गरेको छ ।

साग खेलकुदमा भएका कमीकमजोरीलाई सच्याउँदै आगामी दिनमा खेलसम्बन्धी भौतिक सामग्री तथा पूर्वाधार व्यवस्थापन र नेपालको खेल क्षेत्रको विकासका निम्ति दीर्घकालीन योजना निर्माण गर्न सरकारको ध्यान आकर्षण गराइएको संयोजक बस्नेतले बताए ।

नेपालमा अझै पनि खेल खेलेरै जीवन निर्वाह गर्न सकिने वातावरण निर्माण गर्न नसकिएको वास्तविकतालाई स्वीकार गर्दै आवश्यक नीति निर्माण गर्न पनि पार्टीले माग गरेको छ ।


कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

डिआईजी उमा प्रसाद चतुर्बेदीद्वारा प्रहरी कार्यालय महाेत्तरीकाे निरीक्षण

डिआईजी उमा प्रसाद चतुर्बेदीद्वारा प्रहरी कार्यालय महाेत्तरीकाे निरीक्षण

२०८२ वैशाख २८ आइतवार

महाेत्तरी । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा...

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीद्वारा पदभार ग्रहण

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वर कार्कीद्वारा पदभार ग्रहण

२०८२ वैशाख २८ आइतवार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी...

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेन्द्र भट्टद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेन्द्र भट्टद्वारा पदभार ग्रहण

२०८२ वैशाख २५ बिहीवार

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको रुपमा प्रहरी...

बागमती प्रदेश प्रमुख डिआईजी अरुण पौडेलद्वारा पदभार ग्रहण

बागमती प्रदेश प्रमुख डिआईजी अरुण पौडेलद्वारा पदभार ग्रहण

२०८२ वैशाख २५ बिहीवार

काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक...

मधेश प्रदेशका नयाँ डिआईजी चतुर्वेदीले सम्हाले कार्यभार

मधेश प्रदेशका नयाँ डिआईजी चतुर्वेदीले सम्हाले कार्यभार

२०८२ वैशाख २५ बिहीवार

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले मधेश...