१२ प्रतिस्प्रर्धीलाई पछि पार्दै ‘मिसेस तामाङ २०२३’ को ताज सरिता तामाङलाई

9.97K
shares

काठमाडौ । ‘मिसेस तामाङ २०२३’ को ताज सरिता तामाङले जितेकी छिन् ।
शुक्रबार सम्पन्न अन्तिम प्रतिश्पर्धामा शरिताले अन्य १२ प्रतिश्पर्धीलाई पछि पार्दै ‘मिसेस तामाङ २०२३’को ताज पहिरिएकी हुन् । उनले भ्यूअर च्वाइस, पब्लिक च्वाइस, फोटोजेनिक र लिडरशीप समेतको उपाधि जितिन् ।

बिगत आठ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एसके इन्टरटेनमेन्ट प्रा.लि.ले अघिल्लो साता काठमाडौंको नक्सालस्थित क्राउन प्लाजामा ‘मिसेस तामाङ २०२३’को ट्यालेन्ट राउण्ड सम्पन्न गरेको थियो भने ग्राण्ड फाइनल कानून, न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख अतिथ्यतामा गत शुक्रबार राष्ट्रिय नाचघरमा सफलता पूर्वक सम्पन्न भएको थियो ।

No description available.

अन्तिम प्रतिश्पर्धाको बिजेता छनौटका लागि निर्णायकहरुमा बरिष्ठ गायक आनन्द कार्की, गायक विश्व दोंग, गायक रोशन तामाङ, ब्यबसायिक मेकअप आर्टिष्ट टेकराज पाण्डे, रमला पाख्रिन, गायिका समाजसेवी तथा फेशन डिजाइनर सोनिका लामा रहेका थिए ।

निर्णायक मण्डलको छनौट अनुसार फष्ट रनर अपको ताज दुर्गा तामाङले पहिरिइन् । उनले फेसपुक च्वाइस पपुलर र ईणॅटेलिजेण्टको उपाधि समेत हात पारिन् । यस्तै सेकेण्ड रनर अप सुस्मिता तामाङ, थर्ड रनर अप मिना तामाङ, फोर्थ रनर अप मनिषा तामाङ बनिन् ।
यसै गरी मिसेस तामाङ अनेष्ट मनिषा, फ्रेण्डशीप शुष्मिता , डिसिप्लिन सर्मिला स्माइल मोनिका, हार्ड वर्किंग इचुला र मिसेस एक्टिभ देउतीले जितिन् । बिजयी प्रतिश्पर्धीहरुलाई प्रमुख अतिथिलगायतले ट्रफी र प्रमाणपत्र लगायतले पुरस्कृत गरेका थिए ।

No description available.

प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउनेसहित चलचित्र, म्युजिक भिडियोमा समेत सहभागिता जनाउन पाउने आयोजक एसके इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक शान्ता तामाङले जानकारी दिइन् ।

अडिसनबाट छानिएका ३० जना प्रतिस्पर्धीबाट १३ जना ट्यालेन्ट राउण्डमा पुगेका थिए । प्रतियोगिताका लागि छनोट भएका प्रतियोगीहरूलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो ।त्यसै आधारमा फाइनल राउण्ड समॅपन्न भएको थियो । आफ्नो सॅस्थाले आगामी दिनहरुमा अझ बृहत सौन्दर्य प्रतियोगिता गर्दै जाने प्रबन्ध निर्देशक तामाङले बताइन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083