बास्कोटा र महराका बिषयमा छलफल गर्न ओली-प्रचण्ड बालुवाटारमा !

5.46K
shares

मुक्ति खबर,काठमाडौं ।

नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएका छन् ।

पछिल्लो समय पाटी र सरकारमा उत्पन्न परिस्थितीका बिषयमा छलफल गर्न प्रधानमन्त्रीले अध्यक्ष दाहाललाई आफ्नो सरकारी निवासमै बोलाएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहरकार सूर्य थापाका अनुसार समसामयिक विषयमा छलफल गर्न दाहाललाई बालुवाटार डाकिएको हो ।

टुँडिखेलमा सेना दिवसको अवसरमा आयोजित कार्यक्रम सम्पन्न भएपछि अध्यक्षद्वयबीच भेटवार्ता हुुने बताईएको छ ।

बुधबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रबिधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि उत्पन्न परिस्थितिका विषयमा छलफल हुने जनाईएको छ ।

बिहीबार स्वीस कम्पनीका एजेन्टसँग कमिसनको बिषयमा डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजिनामा दिएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै बास्कोटाको राजीनामा मात्रले नपुग्ने भन्दै कारवाहीको समेत माग गरिरहेकोे छ ।

यसैबीच संसद सचिवालयकी एक महिला कर्मचारी माथि यौन दुब्र्यवहार गरेको आरोपमा पुर्पक्ष्का लागि थुनामा रहेका पूर्व सभामुख कृष्ण बहादुर महराले अदालतबाट निर्दोष रहेका भन्दै सफाई पाएपछि उनको ब्यवस्थापनका बिषयमा समेत छलफल हुनेछ ।


Mitsubishi Long Ad