परराष्ट्रमन्त्रीबाट गैरआवासीय नेपालीलाई लगानी आह्वान

Nepal Life Insurance Long Ad

लिस्बन।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा भएको छलफल तथा अन्तक्र्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० को पनि स्पेनमा उद्घाटन गर्दै उहाँले विदेशी नागरिकलाई नेपाल पठाउन गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो । “गैरआवासीय नेपालीहरुको सामाजिक, सांस्कृतिक र आर्थिकसहितको अधिकारसम्बन्धी कानून बनेको छ ।

संसद्मा विचाराधीन नागरिक विधेयक पनि छिट्टै पास हुन्छ”, उहाँले भन्नुभयो । सो विधेयक गैरआवासीय नेपालीका पक्षमा सकारात्मक भएको उहाँको भनाइ थियो ।
सो अवसरमा गैरआवासीय नेपाली नागरिकता विधेयक, स्पेन र नेपालको कूटनीतिक सम्बन्ध र भ्रमण वर्षका बारेमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत फुटी शेर्पाले स्पेनमा रहेका नेपाली समुदायको समस्या समाधानका लागि राजदूतावास निरन्तर लागिपरेको बताउँदै भ्रमण वर्ष प्रचारप्रसारका लागि पनि विभिन्न सङ्घसस्थासँग सहकार्य गर्दै योजना बनाई लागिपरेको जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय समितिका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली नागरिकले नेपालमा लगानी गर्न निकै झन्झटिलो भएकाले लगानी वातावरण सहज बनाइदिन नेपाल सरकारले चासो दिनुपर्ने बताउनुभयो । परराष्ट्रमन्त्री ज्ञवाली जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३ औंँ उच्चस्तरीय बैठकमा भाग लिन स्विट्जरल्याण्ड आउने क्रममा स्पेनमा पनि आउनुभएको हो ।
-भगवान् गिरी  रासस


नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ चैत २८ बिहीवार

काठमाडौं ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा...

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौ । औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न...

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०८१ माघ २४ बिहीवार

काठमाडौ ।   प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

२०८१ पुस १८ बिहीवार

काठमाडौ ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले पदभार...

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस १६ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा ४२...