छाउपडी अन्त्य गर्न अन्तर्राष्ट्रिय गोष्ठी

Nepal Life Insurance Long Ad

काठमाडौँ।

सरकारले सुदूरपश्चिमका केही जिल्लामा व्याप्त छाउपडी प्रथा अन्त्य गर्ने अभियानलाई तीव्रता दिएको छ । छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी जेठ १३ देखि १५ गतेसम्म ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी’ को आयोजनासमेत गर्ने भएको छ ।

मन्त्रालयले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पार्वत गुरुङले महिनावारीसम्वन्धी भए/गरेका कामलाई परिवर्तन गर्ने उद्देश्यले विभिन्न २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधि र नीति निर्माताको सहभागिता रहने जानकारी दिनुभयो ।

दोस्रो राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित गोष्ठीको मूल नारा ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ भन्ने रहेको छ । गोष्ठीमा महिनावारीका विभिन्न पक्ष भान्सादेखि संसद्सम्म महिनावारी निषेधको अन्त्य यौनिक र प्रजजन स्वास्थ्य अधिकार, धार्मिक मान्यता, सरसफाई र छाउपडीसम्बन्धी ऐन÷कानून र नीतिका बारेमा छलफल गरिनेछ ।

सोही अवसरमा मन्त्री गुरुङले लैङ्गिक समानताका लागि महिनावारीलाई मानव अधिकारको दृष्टिबाट हेर्नुपर्नेमा जोड दिनुभयो । सबै प्रकारका विभेद अन्त्य गर्दै सभ्य समाज निर्माण गर्ने सरकारको योजनाअनुसार नै मन्त्रालयले छाउपडी अन्त्यको अभियानलाई तीव्रता दिएको मन्त्री गुरुङको भनाइ छ ।


नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ चैत २८ बिहीवार

काठमाडौं ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा...

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौ । औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न...

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०८१ माघ २४ बिहीवार

काठमाडौ ।   प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

२०८१ पुस १८ बिहीवार

काठमाडौ ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले पदभार...

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस १६ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा ४२...