कांग्रेस सभापति देउवाद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

7.79K
shares

काठमाडौँ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपीशर्मा ओलीको स्वास्थ्य लाभका लागिशुभकामना दिएका छन् ।सोमबार मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई ट्वीटरमार्फत देउवाले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उनले ट्वीटरमा भनेका छन् ‘प्रधानमन्त्री एवम् मेरा मित्र केपीशर्मा ओलीजीको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

आज अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको पर्सि बुधबार मात्रै मिर्गौला प्रत्यारोपण गरिनेछ। उनको मिर्गौला प्रत्यारोपण दोस्रो पटक हो।


divya collage
unigloble collage