बेनी –जोमसोम सडकमा सुख्खा पहिरो, दुई स्काभेटर पुरिए, एकको मृत्यु

Nepal Life Insurance Long Ad

पर्वत

हिमाली पारीको जिल्ला मुस्ताङमा कालिगण्डकी कोरिडोर खनिरहेको अवस्थामा जेसीबी खस्दा एक जनाको मृत्यु भएको छ। कालीगण्डकी करीडोर निर्माणको लागि थासाङ गाउँपालिका ४ घाँसाको घैकुमा सडकमा काम गरिरहेको अवस्थामा सडकमाथिबाट आएको सुख्खा पहिरोले धकेलिएर जेसीबी खस्दा घटना भएको हो।

घटनामा परी मृत्यु हुनेमा जेसीबीका अपरेटर रहेको खुलेको भए पनि उनको पहिचान नखुलेको र उद्धारको काम चलिरहेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो । जेसीबी सडकबाट झन्डै ३ सय ५० मिटर तल खसेको छ भने उद्धारको लागि नपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।

जेसीबीमा अपरेटर बाहेक अन्य मान्छे थिए वा थिएनन् भन्ने बारेमा नखुलेका कारण उद्धारमा गएको टोलीले उद्धार कार्य सकेपछि मात्र विस्तृत जानकारी प्राप्त हुने प्रजिअ अर्यालको भनाई छ।

‘घटना भएको ठाउँ केही अनकन्टार जस्तो रहेका कारण त्यहाँ राम्रोसँग नेटवर्क नटिप्ने र फोन सम्पर्कका लागि केही पर जानुपर्ने भएका कारण सबै विवरणहरु सुरुमा नै सङ्कलन गर्न कठिन भएको हो।’ उहाँले भन्नुभयो ‘जेसीबीमा धेरै मान्छे हुने त कुरै भएन कोही सहयोगी राखेको हुन सक्छ। त्यसका लागि सुरक्षा निकायले उद्धारका लागि तीव्र रुपमा काम गरिरहेको छ।’

सोही क्रममा बसमा यात्रा गरेकी एक महिला पनि घाइते भएकी छिन्। जेसीबीले बाटो खनिरहेको बेलामा बसबाट ओर्लिएर अवलोकन गरिरहेकी ती महिलाको परिचय नखुलेको तर एम्बुलेन्स मार्पmत उपचारको लागि मुस्ताङकै लेतेमा रहेको स्वास्थ्य संस्थामा लगिएको छ।


नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ चैत २८ बिहीवार

काठमाडौं ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा...

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौ । औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न...

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०८१ माघ २४ बिहीवार

काठमाडौ ।   प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

२०८१ पुस १८ बिहीवार

काठमाडौ ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले पदभार...

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस १६ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा ४२...