कोरोनाको कहर : यस बर्षको होली नमनाउन सरकारको आग्रह

5.5K
shares

मुक्ति खबर,काठमाडौँ ।

विश्वभर कोरोना भाईरसको संक्रमण फैलिरहेका बेला नेपालमा पनि यसको संम्भावित जोखिमलाई ध्याद दिँदै सरकारले यस बर्षको होली नमनाउन आग्रह गरेको छ ।
सोमबार एक पत्रकार सम्मेलन मार्फत् पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त आग्रह गर्नुभयो ।

उहाँले यस वर्षको होली उत्सव नमनाउन र ठूला जमघट नगर्न आग्रह गर्नुभयो । कोरोनाको सम्भावित संक्रमण रोकथामका लागि सरकार गम्भीर बनेको भन्दै उहाँले नागरिकहरुलाई भरसक भीड हुने कार्यक्रम नगर्न, सहभागी नहुन आग्रह गर्नुभयो ।

उहाँले विवाहजस्ता उत्सवलाई पनि आफ्नो पारिवारिक विषय मात्रै बनाउन र ठूला भेला, भोजभतेर नगर्न आग्रह गर्नुभयो । नेपाल कोरोना भाइरसबाट मुक्त रहेको भन्दै उहाँले हुनसक्ने संक्रमणबाट जोगाउनका लागि सबै सचेत बन्नुपर्ने बताउनुभयो । जोखिम बढ्न नदिन सरकारले विभिन्न कदम चालिरहेको उहाँको भनाइ थियो ।

यस वर्षको होली पर्व फागुन २६ र २७ गते परेको छ । भीडभाड र उत्सवमा तीव्र रूपमा फैलिने भएकाले कोरोना भाइरस विश्वभरि नै खतरनाक मानिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083