शाङ्घाईका मुख्य पर्यटकीय आकर्षक स्थानहरु पर्यटकका लागि खुला

7.89K
shares

मुक्तिखबर,काठमाडौँ ।

चीनले शाङ्घाईमा रहेका ६९ वटा मुख्य पर्यटकीय आकर्षणका स्थानहरु पर्यटकका लागि खुला गरेकोे जनाएको छ । स्थानीय अधिकारीहरुका अनुसार नयाँ कोरोनाभाइरसको प्रभाव मत्थर भएसँगै पर्यटकीय केन्द्रहरु सर्वसाधारणका लागि खुला गरिएको हो ।

शाङ्घाई वन्यजन्तु निकुञ्ज सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । महानगरीय संस्कृति तथा पर्यटन ब्युरोका अनुसार शाङ्घाईमा क वर्गका ११३ वटा उत्कृष्ट पर्यटकीय केन्द्रहरु रहेका छन् र तीमध्ये ९ वटा पुनर्निर्माणको चरणमा छन् ।

फेब्रुअरीको अन्त्यदेखि महामारीको स्वरुप लिएको कोरोनाभाइरसका कारण शाङ्घाई महानगरले आमजनताको सुरक्षाका लागि ३० वटा विभिन्न उपायहरु अबलम्बन गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083