उदयपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

6.57K
shares

काठमाडौं ।

उदयपुरको त्रियुगा नगरपालिका(३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै अन्य तीन जनामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित २४, ६० र ७२ वर्षका पुरुषमा हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् । मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जना (११ भारतीय र एक नेपाली० मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसको भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखियो । संक्रमण नदेखिएका तीन जनालाई भने टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा राखिएको थियो । ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083