दूरी कायम गरेर संसद सञ्चालन गर्ने तयारी
वि.सं.२०७७ वैशाख १७ बुधवार १३:०१
6.57K
shares
shares

काठमाडौं । दुरी कायम गरेर संसद सञ्चालनको तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच छलफललगत्तै संसद भवन बानेश्वरमा अवलोकन गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख सापकोटा, संविधानसभा अध्यक्ष सुवास नेम्वाङलगायतले संसद भवनको अवलोकन गरेका थिए । दुरी कायम गरेर संसद सञ्चालनका विषयमा तयारी भइरहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।




























