बालुवाटारमा खाली कागजमा सांसदको हस्ताक्षर !

11.27K
shares

काठमाडौैँ । पार्टीमा आएको उत्तरचढावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ससदीय दलमा आफु बहुमत रहेको देखाउन आफु निकटका सांसदहरुलाई हस्ताक्षर गराएका छन् ।

बुधबार बिहानमात्रै पनि झण्डै एक दर्जन सांसदहरुले बालुवाटर पुगेर हस्ताक्षर गरेका छन् । बुधबार बिहान बालुवाटार पुगेका ति सांसदले आफुले खाली कागजमा हस्ताक्षर गरेको बताए । ‘तपाईंहरुलाई के चाहिन्छ, म सहयोग गर्न तयार छु । तर अहिले मलाई सहयोग गर्र्नुस्’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उनले भने, ‘प्रधानमन्त्रीले हस्ताक्षर गर्नका लागि गाडी नै लिन पठाउनुभएको थियो ।’

यसअघि प्रम ओलीविरुद्ध केही सांसदहरुले हस्ताक्षर अभियान चलाएको समाचार आएका थिए । तर, हिजो प्रधानमन्त्रीसँग अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि उक्त हस्ताक्षर अभियान भने रोकिएको बताइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083