काठमाडौंबाट प्यूठान पुगेका ११ जनामा आरडीटी पोजिटिभ

7.85K
shares

प्यूठान ।

काठमाडौंबाट प्युठान आएका ११ जनामा र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । उनीहरु हाल प्यूठान नगरपालिकाको मरन्ठानामा रहेको क्वारेन्टाइनमा बसिरहेको बताईएको छ । रिपोर्ट पोजिटिभ देखिनेहरुमा ८ जना पुरुष र ३ जना महिला रहेका छन् ।

उनका अनुसार ती सबैजना काठमाडौंबाट आएका हुन् । उनीहरु प्यूठान नगरपालिकाका स्थानीय हुन्।उनीहरुको स्वाब पीसीआर परीक्षणका लागि भैरहवा पठाउने तयारी भइरहेको छ । यसअघि दुईजना युवा आरडीटी पोजिटिभ देखिए पनि उनीहरुमा संक्रमण देखिएको छैन।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083