नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्याे

6.29K
shares

काठमाडाैँ । थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ पाँच जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार सर्लाही धाकौल नगरपालिकाका ४५ वर्षीय पुरुष धनुषा, जनकपुर नगरपालिका र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष, र २० वर्षीय युवती, महोत्तरी जलेश्वर नगरपालिका र बलवा नगरपालिकाका १६ र ३५ वर्षीय पुरुष रहेका छन्।

आजै बिहान थप दुइ जनामा कोरोना भएको पुष्टि भएको थियो। जसअनुसार काठमाडाैँकाे चन्द्रागिरि निवासी ३२ वर्षीय पुरूष र कपिलवस्तु निवासी ६ वर्षीया बालिका रहेका थिए ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताका डा.समिर कुमार अधिकारीले जानकारी गराउनु भएको छ । हाल उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083