भारतकै ३ नक्शामा लिम्पियाधुरा नेपालमा

8.58K
shares

काठमाडौं । भारतकै विभिन्न नक्शाले लिम्पियाधुरा नेपालमै पर्ने प्रष्ट्याएको छ । नेपाल र ब्रिटिस इन्डियाबीच सन् १८१६ मा भएको सुगौली सन्धिमा नेपालको पश्चिमी सीमा काली नदीले निर्धारण गरेको उल्लेख छ ।

सन्धि अनुसार सन् १९९६ फेब्रुअरी १२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिले पनि महाकाली नदीलाई नै सीमा र साझा नदी मानेको देखिन्छ । पहिले काली भनेर चिनिने नदी नै महाकाली नदी हो । लिम्पियाधुराबाट कुटी हुँदै बग्ने सिरानमा यसलाई कुटियाङ्दी पनि भन्ने गरिन्छ ।

सन्धिले सीमा नदी माने पनि त्यसपछिका विभिन्न नक्शा मा तत्कालीन बेलायती शासक र त्यसपछि भारत स्वयं काली नदीको मुहानबारे प्रष्ट हुन सकेको छैन । भारतले आन्तरिक र बाह्य प्रयोजनको लागि सिमनाबारे अलगरअलग नक्शा प्रयोग गरिरहेको देखिएको छ ।

भारतले नेपाली भूमि लिम्पियाधुराबाट पूर्वमा रहेको कालापानी आसपासको सानो खोल्सी कालीको मुहान भएको समेत दाबी गर्न थालेको छ । तर नेपालले भने त्यो सानो खोल्सी देखाएर भारतले अनावश्यक बखेडा गरिरहेको जनाउँदै आएको छ ।

त्यसले नेपाल–भारतबीच सीमा विवाद भएको छ । तर भारतले नेपाल र चीनसँग सम्झौता गर्दा त्यही खोल्सीलाई काली भन्दै आएको छ । तर भारतकै केही नक्शाबाट भने त्यो खोल्सी काली नदी नभएको प्रष्टिएको छ । जनता समाचार डटकम


divya collage
unigloble collage