लकडाउनमा उद्योग व्यवसाय सञ्चालन सम्बन्धी मस्यौदा तयार

6.63K
shares

काठमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उद्योग व्यवसाय सञ्चालन गर्न दिने सम्बन्धमा तयार भएको मस्यौदा माथि छलफल शुरु गरेको छ । समितिको शनिबार बसेको बैठकमा आर्थिक क्रियाकलापलाई क्रमश सुचारु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समितिका समेत सचिव रहनुभएका नारायणप्रसाद बिडारीले आर्थिक क्रियाकलापहरू, बैंकिङ कारोबार, कृषि जन्य उद्योग व्यवसाय, अत्यावस्यक सेवाका क्षेत्रहरु, अस्पताल तथा प्रयोगशाला लागयतका क्षेत्रहरुलाई क्रमश सहजता दिलाउँदै चरणवद्ध रुपमा सञ्चालन गर्न सहजिकरण गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको बताउनुभयो ।

मस्यौदा माथि कुनै निर्णय नभएको र फेरि बैठक बसेर निर्णयमा पुगिने उहाँले बताउनुभयो । उहाँले विभिन्न औद्योगिक र निर्माणसँग सम्बन्धित उद्योग, कलकारखाना र व्यवसाय सुचारु गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी भइरहेको बताउनुभयो ।

पछिल्लो समय लकडाउन लम्बिदै गएपछि उद्योगी व्यवसायीहरुले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिदै आएका छन् । समितिले भोली आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त मस्यौता पठाउने तयारी गरिरहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083