लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

7.37K
shares

काठमाडौं । जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न मन्त्रपरिषद् बैठक बस्ने भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आजको बैठकमा कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ।यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ। जारी लकडाउन जेठ ३२ गतेसम्म रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083