संसदमा आज प्रधानमन्त्रीको संक्षिप्त सम्बोधन

5.99K
shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज संसदमा संक्षिप्त सम्बोधन गर्नुहुने भएको छ । प्रतिनिधिसभामा सांसदहरुले उठाएका आफूसँग सम्बन्धित प्रश्नको जवाफको लागि प्रधानमन्त्रीले संक्षिप्त सम्बोधन गर्न लाग्नु भएको हो ।

प्रतिनिधिसभा बैठकबिहान ११ बजे बस्दैछ । सांसदहरुले उठाएका विभिन्न प्रश्नको जवाफ समेटेर बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सांसदहरुले उठाएका विभिन्न प्रश्नका् प्रधानमन्त्रीले जवाफ दिने कार्य सूची छ । संसदको कार्य सूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमाथि  छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमा २६ जना सांसदले राखेको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको ससद सचिवालयले जनाएको छ । संसद सचिवालयले त्यसपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने कार्यसूची तय गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083