परामर्श गर्न भन्दै प्रधानमन्त्रीले मन्त्रीहरुलाई बोलाए बालुवाटार

8.55K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएउनुभएको छ । उहाँलो बुधबार बिहानै सरकारका सबै मन्त्रीका साथै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पनि बालुवाटार बोलाउनु भएको हो ।

उहाँहरु प्रधानमन्त्री ओली निकटका मुख्यमन्त्री हुनुहुन्छ । नेकपा स्थायी समितिको हिजोको बैठकमा बोल्ने १८ जना सदस्यमध्ये १७ जनाले प्रधानमन्त्रीको नेतृत्व र कार्यशैली ठिक नभएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राख्नुभएको थियो ।

मदन भण्डारीको स्मृति दिवसका दिन प्रधानमन्त्रीले भारतको इसारामा आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको अभिव्यक्ति दिएपछि नेकपा नेताहरु कड्किएका छन् ।हिजोको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले भारतले नभई आफूले राजीनामा मागेको बताउनुभएको थियो ।

त्यसपछि बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले पनि ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।प्रधानमन्त्री ओलीले हिजोको स्थायी कमिटी बैठक अगाडि र पछाडि २ पटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083