राजीनामा दिँदै प्रधानमन्त्री ओली !

63.28K
shares

मुक्तिखबर,काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने भएका छन् । पार्टीभित्रको चर्को दवावपछि प्रधानमन्त्री राजिनामा दिने मुडमा पुगेका हुन् । बुधबार बिहानै आफू निकट स्थायी कमिटी सदस्य र मन्त्रीहरुलाई पराशर्मका लागि बालुवाटारमा बोलाएका छन् । केही मन्त्रीहरुले भने सामुहिक राजीनामा दिने तयार गरेका बुझिएको छ ।

मंगलबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको राजीनामा मागेका थिए । नेकपा स्थायी समितिको हिजोको बैठकमा बोल्ने १८ जना सदस्यमध्ये १७ जनाले प्रधानमन्त्रीको नेतृत्व र कार्यशैली ठिक नभएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

यस्तै सचिवालयमा पनि प्रधानमन्त्री ओली बिरुद्ध मेताहरु एकमत रहेको बुभिएको छ । नेताहरु माधव नेपाल,झलनाथ खनाल,बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीको राजीनामाको माग गरेका छन् । प्रधानमन्त्री ओलीले हिजोको स्थायी कमिटी बैठक अगाडि र पछाडि २ पटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवास पुगेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083