प्रचण्ड निकट मन्त्रीलाई बालुवाटार बोलाएनन् ओलीले

11.9K
shares

काठमाडौं ।प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले जारी स्थायी समितिका बारेमा छलफलका लागि बोलाइएको वैठकमा अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड निकट नेतालाई सहभागी नगराइएको बालुवाटार बताईएको छ ।

छलफलका लागि मन्त्री रहेका आफू खेमाका र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यलाई मात्र ओलीले बोलाएको जानकारी प्राप्त भएको छ ।

ओलीले प्रचण्ड निकट वर्षमान पुन, शक्ति बहादुर बस्नेत तथा गिरीराजमणी पोखरेललाई वैठकमा बोलाएका छैनन्।ओलीले नेपाल निकट घनश्याम भुसाल र योगेश भट्टराईलाई वैठकमा सहभागी गराएका छन्। त्यस्तै गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र अर्का नेता लेख राज भट्ट वैठकमा सहभागी छन्।

मंगलबार बसेको स्थायी समितिमा १८ स्थायी समिति सदस्यमध्ये १७ सदस्यले प्रम ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।सो मागलाई ओलीले अस्वीकार गर्दै आएका छन्। नेकपाको स्थायी समिति वैठक आज ११ बजे पुनः बस्दैछ।वैठकमा आफ्नो बचाउ र रणनीतिसहित प्रस्तुत हुन आवश्यक विषयमा छलफल गर्न उनीहरूलाई बालुवाटार बोलाइएको श्रोतको भनाइ छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083