नेता गौतमको आक्रोश: अब पनि झुक्याए भने ओलीको अनुहार पनि हेर्दिन !
वि.सं.२०७७ वैशाख १८ बिहीवार १८:५८
shares

काठमाडौं । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैलाई धेरै पटक झुक्याएका छन् र मलाई पनि पटक विभिन्न बहाना देखाएर झुक्याएको सत्य हो तर यो पटक उहाँले झुक्याउनु हुन्न भन्ने विश्वास गरेको छु। मलाई झुक्याउनु भनेको जनतालाई झुक्याउनु हो । यदि फेरि पनि झुक्याउने र टार्ने जस्ता कुहर्कत देखाउनु भयो भने त्यो हाम्रो लागी स्वीकार हुन्न। बामदेव गौतम निकट नेताले हाम्रो संम्वादको क्रममा भनेको भन्दै जस्ताको तेस्तै तर केही फेरबदल नगरी बताएको जनाएका हुन् ।
बामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर पछि प्रधानमन्त्री ओलीको बोली पुर्याउ छन् कि पुर्याउदैन्न भने प्रतीक्षा गरीरहेका छन् यतिबेला ।
वर्तमान प्रधानमन्त्रीबाटै भावी प्रधानमन्त्रीका रुपमा आफ्नो नाम आएपछि गौतमको भित्री हृदय देखीनै प्रफुल्लित छन् । वास्तवमा उनी प्रधानमन्त्री पदका लागि तड्पिएको लामै समय भइसक्यो । ओलीका निकटस्थहरुलाई पनि उनकै मुखारविन्दबाट आएको प्रस्तावमा समर्थन जनाउन कर लाग्दा उनी दङ्ग छन् । अन्यथा, यो प्रस्तावले अरु कसैलाई पनि आकर्षित गर्न सकेको छैन ।
सचिवालय बैठक अगाडि प्रधानमन्त्रीबाट वामदेवको प्रस्ताव आउने सुइँको नवीना लामालाई भएको लामाको बुधबार बैठक बस्न जानू भन्दा केही घण्टा अगाडि सार्वजनिक भएको उनको प्रतिक्रियाले जनाउ छ । बालुवाटारकै निर्देशनमा सत्तारुढ सांसदहरु सरकारको पक्षमा बहुमत देखाउन हस्ताक्षर संकलन गर्दै हिँडिरहेका बेला प्रधानमन्त्री ओलीको एक्कासि यो प्रस्तावले विशेष अर्थ राखेको छ।
वामदेव गौतम प्रधानमन्त्री हुनै नसक्ने वा हुनै नहुने नेता अवश्य होइनन् । राजनीतिमा उनको लामो अनुभव र योगदान छ । विगतमा उपप्रधानमन्त्री भइसकेका पनि हुन् । तर, अहिलेको जुन राजनीतिक परिस्थिति र संवैधानिक व्यवस्था छ, त्यसले उनलाई कम्तिमा यो संसदीय कार्यकालमा प्रधानमन्त्रीको सपना नदेख्न कर लाग्छ ।
प्रधानमन्त्रीले कुन आशयले वामदेवको नाम अघि सारेका हुन् भन्ने पनि महत्वपूर्ण पाटो हो । के उनी साँच्चै प्रधानमन्त्री पद त्याग गर्न तयार भएका हुन् ? के साँच्चै वामदेवलाई आफ्नो उत्तराधिकारीका रुपमा देख्न चाहन्छन् ? यसमा विश्वस्त हुने आधारहरु छैनन् ।
समाचारमा आएअनुसार प्रधानमन्त्रीले अहिले होइन, कोरोनाको महामारी सकिएपछि वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।नेपालमा कोरोनाले महामारीको रुप लिएको छैन ।
त्यसैले ओलीले विश्वबाटै महामारी अन्त्यको कुरा गरेको बुझ्न सकिन्छ । तर कोरोनाको महामारी कहिले सकिन्छ भन्ने डब्लुएचओले नै भन्न सकेको छैन । न यसको भ्याक्सिन वा औषधि पत्ता लागेको छ । विज्ञहरुले महामारी अन्त्य हुन दुई वर्षसम्म लाग्न सक्ने बताइरहेका छन् । त्यसैले प्रधानमन्त्रीकै प्रस्ताव अनुसार पनि वामदेवले कम्तिमा डब्लुएचओले विश्वबाट महामारी अन्त्य भएको घोषणा पर्खिनुपर्ने हुन्छ । त्यसका लागि कम्तिमा एक वर्ष लाग्न सक्छ ।































