युवती भर्जिन भए नभएको कुरा यसरी थाहा हुन्छ!
वि.सं.२०७७ वैशाख १८ बिहीवार १९:५८
shares

एजेन्सी । विशेष गरेर केटीको कौमार्य विकसित मानव सम्यताको मात्र नभै पहिलेदेखि नै मानव यौनिकताको एउटा महत्वपूर्ण पक्ष रहँदै आएको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि छ । विवाहमा कुमार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए–नभएको कुराले निकै महत्व राख्छ । यस्तो स्थितिका कन्या कुमारीलाई अक्षत योनि भनिन्छ र त्यसका लागि अंग्रेजी शब्द खष्चनष्ल प्रयोग गरिन्छ ।
कुनै व्यक्तिसँग यौनसम्पर्क राख्नु नै कौमार्य भङ्ग हुनु हो । यसलाई विशेष गरी योनि–लिंग मैथुनको सन्दर्भमा लिइन्छ ।
अहिले कस्तो किसिमको यौन क्रियाकलापलाई यौनसम्पर्क मान्ने अनि कस्तोलाई नमान्ने भन्ने प्रश्न पनि छ । केटीका लागि कुमारित्व र केटाका लागि कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक कुरा पनि हो । लिंग प्रवेश नभै यौन उत्तेजक रूपमा यौनाङ्गमा औंलाको भरपुर प्रयोग गरेर यौन क्रियाकलापमा संलग्न भएको कुरालाई के भन्ने ? जैविक रूपमा यौन सम्पर्कको अनुभवहीनता नै कौमार्य भङ्ग नहुनु अर्थात् कुमार वा कुमारी हुनु हो । धेरैजसो स्थितीमा कौमार्य (-virginity) भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिन्छ । त्यसैले होला, कुनै विवाहित दुलहीको कौमार्य परीक्षण गर्ने अनेक उपाय गरिएको भेटिए पनि विशेष गरेर महिलाको योनिच्छद दुरुस्त छ कि छैन भन्ने कुरामा भर परेको देखिन्छ ।
कौमार्यताको परीक्षण
इतिहासमा विभिन्न स्थानमा विभिन्न विधिमार्फत कौमार्यताको परीक्षण गरिएको पाइन्छ जसमध्ये धेरैजसो केटीमा केन्द्रित छ । कुमारी केटीको पिसाब जहिले पनि निर्मल हुनुपर्ने र धमिलो हुन नहुने मानिन्छ । त्यसैगरी कुमारी केटीको स्तनको मुन्टो माथितिर फर्किएको हुनुपर्ने मान्यता छ । यद्यपि यी कुराको केटीको कौमार्यतासँग कुनै सम्बन्ध हुँदैन ।
माथि भनिएजस्तै सबैभन्दा केन्द्रमा रहेको परीक्षण केटीमा योनिच्छद छ कि छैन लाई नै मानिन्छ । योनि महिलाको नली आकारको प्रजनन अंग हो र बाहिरवाट देखिने प्वाललाई योनिद्वार भनिन्छ । यही योनिद्वारको ठीक भित्रपट्टि गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ जसलाई योनिच्छद Hymen भनिन्छ ।
पहिले–पहिलेको जमानामा योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भंग भए– नभएको आधार बनाइन्थ्यो । यसको प्रमाणका लागि विवाहको पहिलो रात सेतो तन्नामा सुत्नुपर्ने चलन चलाइएको थियो ताकि रगतको दाग स्पष्ट देखियोस् । यद्यपि यो आधारलाई वैज्ञानिक मान्न सकिँदैन । कुनै–कुनै केटीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्रोसँग विकास नै नभएको हुनसक्छ भने यौनसम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ । महिलाहरूमा योनिच्छद च्यातिने जस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा त अहिले आएर पक्का शारीरिक सम्बन्ध राखे–नराखेको भन्न सकिने स्थिति छैन ।
पुरुषमा त यो कुरा अझ अप्ठ्यारो हुन्छ भन्ने त स्पष्ट नै छ । तैपनि पुरुषको सन्दर्भमा पनि कुमारत्व परीक्षण गर्ने प्रचलन अफ्रिकी आदिवासीमा पाइन्छ । उनीहरूका अनुसार केटामा फनि जथभल जस्तो झिल्ली अग्रचर्ममा हुन्छ । यदि अग्रचर्म सजिलै पछाडि फर्कन्छ भने कुमारत्व नभएको मानिन्छ । अर्को परीक्षणमा केटाको घुँडा कालो छ भने ऊ कुमार नभएको मान्ने प्रचलन पनि छ । जे होस्, यी कुरामा कुनै वैज्ञानिक आधार छैनन् ।


























