रोल्पामा बम पड्किँदा चार बालबालिकाको मृत्यु
वि.सं.२०७७ वैशाख १८ बिहीवार २०:४१
shares

रोल्पा । रोल्पामा बम विष्फोटनमा परेर चार बालबालिकाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ एकै गाउँका चार बालबालिकाको बिहीबार साँझ मृत्यु भएको हो
मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीय विमला खत्री र ५ वर्षीय विजय खत्री छन्।
गाउँको नजिकैको जंगलमा ग्वाला गएका उनीहरु विष्फोटमा परेर मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चारैजनाको घटनास्थलमै मृत्यु भएको छ।
विष्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए। युद्धकालमा रहेको बम विष्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
शव घटनास्थलमै छन्। चारैजनाको मृत्यु भएकाले विष्फोटको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन्। बम भेटाएर खेलाउदा विष्फोट भएको हो कि भन्ने आशंका गरिएको छ। घटना विष्फोटमा अर्को एक थान बमसमेत फेला परेको छ।































