मेरो कविता भनेर दाबी गरेको आरपी गौतमले हटाए स्टाट्स
वि.सं.२०७७ वैशाख १९ शुक्रवार २३:२९
shares

काठमाडौ । सामाजिक संजाल फेसबुकमा हालेको कविता र लेखेको स्टाटस आरपी गौतमले हटाएका छन् ।प्रधानमन्त्री केपी ओलीको कविता शुक्रबार विहान प्रधानमन्त्रीका प्रेस-सल्लाहकार सुर्य थापाले प्रधानमन्त्रीले लेखेको कविता सामाजिक सन्जाल टुइटरमा टुइट गरे पछि र प्रधानमन्त्री ओली समर्थन फेसबुक पेजमा उक्त कविता सार्वजनिक भए पछि सामाजिक संजाल र मिडियाहरुमा कविता भाइरल भएको थियो।
सामाजिक संजालमा भाइरल भएको केहि घण्टामा नै उक्त कविता छ महिना अगाडि आर. पी गौतम (आगो)ले फेसबुक मार्फत सार्वजनिक गरी सकेको फेसबुक मार्फत जानकारी गराउदै आफ्नो रचना भएको दाबी गरेका थिए तर उक्त कविता राती १२ बजे हटाएका हुन् । उनले फेसबुकमा लेखेका थिए , अब प्रधानमन्त्रीलाई कपि राइट गर्छु, मैले यो कविता छ महिना अगाडि नै सार्वजनिक गरिसकेको छु।
तर पछिल्लो समय रातको ११:४० मा उक्त कविता आरपी गौतम(आगो)ले हटाएका हुन् । उक्त कविता प्रधानमन्त्री ओलीले नै लेखेको भन्ने समर्थकहरुले दाबी गरेका हुन् ।



अध्यादेश प्रकरण देखि विभिन्न विवादमा परेका प्रधानमन्त्री ओली पार्टी भित्र चर्किएको विवाद सल्टिन नसक्दा राजनीतिक गतिरोध बढ्दै गएपछि उनले कविता मार्फत विभिन्न विषयको जवाफ कविता मार्फत दिन उनले उक्त कविता भाइरल गराउन खोजेका थिए।
कवितामा लेखिएको छ:-
अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ मर्दैन नेपाली मन पर्दैन बढ्यो नेपाल अब बढ्यो अघि विकासमा पछि पर्दैन गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाल्नु पर्दैन ।
सामाजिक न्याय र समानता अधिकारसम्पन्न जनता मेची – काली , पहाड – तराई निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाउनु पर्दैन ।
फाटोका खेती कुहिन्छन् स्वार्थी हिंसा तुहिन्छन् अब चेलीका चुरा फुट्दैनन् कोही टुहुरा पर्दैनन् गणतन्त्र हो यो गणतन्त्र शक्तिका स्रोत जनताको जनतन्त्र हो यो जनतन्त्र अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन ।

































