बुधबार साँझ बसेको सचिवालय बैठकमा नेताहरुले राजीनामा मागेपछि ओलीले कोरोनाको संकट समाधान भएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।
नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता
वि.सं.२०७७ वैशाख १९ शुक्रवार १८:११
11.58K
shares
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भोलि बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वरमा पुगेका हुन् ।
भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे छलफल हुने बताइएको छ ।




























