प्रधानमन्त्रीले प्रयोग गरेको ‘हार्डिङ थ्यौरी’ के हो ?
वि.सं.२०७७ साउन ३ शनिवार १६:१४
shares

अहिले सत्तारुढ दल नेकपाभित्र जारी विवादमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली ‘हार्डिङ थ्यौरी’ अपनाइरहनुभएको चर्चा खुमल्टारमा चलेको छ ।
यो भनेको विपक्षीका कमजोरीमाथि खेल्ने वा विपक्षीलाई कमजोर बनाउने दाउपेच हो ।
‘हार्डिङ थ्यौरी’ सन् १९९४ मा नर्वेको लिलेह्यामरमा आयोजना हुने हिउँदे ओलम्पिक प्रतियोगिताको तयारीमा फिगर स्केटिङ खेलका सुन्दरीहरू टोन्या हार्डिङ र नेन्सी केरिघ्यानबीच भएको घटना हो, जुन विश्वको खेलकुद जगतमा अविष्मरणीय मानिन्छ ।
अमेरिकी टिमको तर्फबाट टोन्या र नेन्सी छनोट भएका थिए । प्रतियोगितामा नेन्सीले रजत पदक जितिन् भने टोन्या आठौं भइन् ।
यो पराजयको बदला लिन टोन्याले पति जेफ गिलुली र उनको अंगरक्षकमार्फत एक भाडाको व्यक्तिलाई लगाएर पुलिसको डण्डाले नेन्सीको घुँडा भाँचिने गरेर आक्रमण गराइन् ।
घटना सार्वजनिक भएपछि टोन्याले षड्यन्त्र स्वीकार गरिन् ।
त्यसबापत उनलाई एक लाख डलर जरिवाना तिराइयो । गोल्ड मेडल खोसियो र आजीवन खेल्न नपाउने गरी प्रतिबन्ध लगाइयो ।
प्रधानमन्त्री ओलीले आफ्नो बचावका निम्ति संकटकाल, संसद विघटन, पार्टी विभाजन, नेताहरूबीच चलखेल, मध्यावधि, अध्यादेश, अख्तियार, अदालत, सेनापति, संसदीय दलमा हस्ताक्षर संकलनजस्ता तुरुप फ्याँक्नुभयो ।
नेताहरूको बुझाई छ, अब उहाँ अस्त्रविहीन हुनुभएको छ । र, उहाँले चाल्ने कदम यस्तै हुनेछन् भनेर बुझेपछि मान्छेहरू डराउन छोडेका छन् ।
किनभने, टोन्याको झैँ प्रधानमन्त्रीका यावत् कुरा हुनुसम्म एक्सपोज भए । नेकपा नेताले जनआस्थालाई सुनाए, ‘अब विकल्प न्यारोडाउन हुँदै गएका छन् ।’ जनआस्थामा समाचार छ ।































