भुवन केसीका छोराद्धारा प्रहरीमाथि आक्रमण

11.06K
shares

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–७ का वडाअध्यक्ष भुवन केसीका छोरासहितको समूहद्धारा प्रहरीमाथि आक्रमण भएको छ ।

आक्रमणमा परि २ जना प्रहरी घाइते भएका छन् । आक्रमणबाट रिठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका हुन् । घाइते उनीहरुको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहको छ ।

बाजुराका एक व्यापारी कुटपिट गर्ने समूहलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) टंकप्रसाद भट्टराईले जानकारी दिए ।

बुढीगंगा नगरपालिका–८ बेतालमाण्डौ बजारमा होटेल सञ्चालन गर्दै आएका व्यापारी पारस रावतलाई स्थानीय युवाहरूले कुटपीट गरेको उजुरीपछि पक्राउ गर्न गएको प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन् ।

ढुंगामुढा गर्ने वडाअध्यक्षका छोराको समूह फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । साइनोखबरमा समाचार छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083