पहिरोबाट काठमाडौंमा एक युवकको ज्यान गयो
वि.सं.२०७७ साउन ५ सोमवार ११:४२
9.07K
shares
shares

File Photo
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ ।
गागलफेदीस्थित घट्टेखोलामा आएको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको मृत्यु गएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले बताए ।
आईतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको जनाइएको छ ।






























