भुवन केसीले साम्राज्ञीविरुद्ध काठमाडौं अदालतमा हाले मुद्दा
वि.सं.२०७७ साउन ९ शुक्रवार १६:१२
10.11K
shares
shares

काठमाडाै । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
आज अभिनेता केसीले शुक्रबार जिल्ला अदालत काठमाडौंमा साम्राज्ञीविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् ।
अभिनेता केसीले साम्राज्ञीविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको स्राेतले जनाएकाे छ ।
अभिनेता केसीले यसअघि चलचित्र कलाकार संघमा सामाज्ञ्रीले आफूमाथि झुटो आरोप लगाएको भन्दै छानविन गरिदिन उजुरी दिएका थिए ।
साम्राज्ञीले सामाजिक सञ्जाल फेसबुकमार्फत भुवनले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।















